विना निष्कर्ष टुंगियो ओली–नेपाल पक्षको वार्ता

दुवै पक्ष आआफ्नै अडानमा
छहारी संवाददाता
चैत्र २, २०७७

नेकपा एमालेको संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच सोमबार धुम्बाराहीमा भएको छलफल विना निष्कर्ष टुंगिएको छ । संस्थापन पक्ष ओली समूह र माधव नेपाल पक्षबीच आ आफ्ना अडानका कारण आजको बैठकले कुनै निर्णय निकाल्न नसकेको हो । नेकपा एमालेको माधव नेपाल पक्षले २८ फागुनमा बालुवाटारबाट भएका निर्णयहरू फिर्ता लिनु पर्ने अडान राखेको छ ।

छलफल सकेर बाहिर निस्किँदै माधव नेपालपक्षीय नेता रघुजी पन्तले आफूहरुले २८ फागुनको निर्णय फिर्ता लिनुपर्ने विषयमा अडान प्रस्तुत गरेको तर प्रधानमन्त्रीबाट ठोस जवाफ नआएको जानकारी दिनुभयो ।

नेता पन्तले सौहार्दपूर्ण रुपमा वार्ता भएको र कुराकानी जारी रहने बताउनुभयो । ‘
यस्तै, बैठकपछि प्रतिक्रिया दिँदै नेपाल पक्षका अर्का नेता भीम रावलले सर्वोच्चले एमाले तीन वर्ष अघिकै अवस्थामा फर्केको भनेपछि त्यही अवस्थाबाट अघि बढ्नुपर्छ भनेर छलफलमा आफूहरूको पक्षले कुरा राखेकोजानकारी दिनुभयो । तर, आफूहरूको मागप्रति अध्यक्ष ओली सकारात्मक नदेखिएको उहाँले बताउनुभयो ।


२८ फागुनको बैठक औपचारिक पनि नभएको र सबै केन्द्रीय कमिटी सदस्य बसेर निर्णय गर्नुपर्ने माग राखेको भए पनि अध्यक्ष ओलीले भने स्वीकार नगरेको नेता रावलको भनाइ छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*