ओलीकाे आयाेजनामा चियापान,नेपाल–खनाललाई चिया खान निम्तो

छहारी संवाददाता
चैत्र १, २०७७

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले यही मङ्गलवार चियापान कार्यक्रमको आयोजना गर्नुभएको छ ।

मङ्गलवार बिहान ११ बजे सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरिएको नेता सुवासचन्द्र नेम्वाङ्गले जानकारी दिनुभयो । चियापानमा सहभागी हुन एमालेका केन्द्रीय कमिटीका सबै सदस्यलाई मोबाइलमा एसएमएस गरी निम्तो पठाइएको छ ।

झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि चियापानमा निम्तो गरिएको छ । यसअघि खनाल–नेपाल समूहले बुधवार र बिहीवार राष्ट्रिय कार्यकर्ता भेला गर्ने तयारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*