सहिद स्मृति गोल्डकपः बागमती युवा क्लवसँग सशस्त्र प्रहरीको एपीएफ पराजित
हेटौडामा जारी स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तरर्गत आज भएको खेलमा बागमती युवा क्लब सर्लाहीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गरेको छ ।
वनविज्ञान अध्ययन संस्थानको मैदानमा भएको खेलमा बागमती युवा क्लबले एपीएपलाई २–१ गोल अन्तरले पराजित गरेको हो । पराजित भएसँगै एपीएफ प्रतियोगिताबाट बाहिरिएको छ भने सेमीफाइनल प्रवेशको लागि बागमतीले मंगलबार विदेशी क्लब अफ्रिकन रुट्स एसोसिएसन ९अरास० डुवल क्यामरुनसँग प्रतिस्पर्धा गर्ने छ ।
आइतबार भएको खेलमा बागमती युवा क्लवका बिक्रम धिमाल म्यान अफ दी म्याच हुनुभएर १० हजार पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगिता अन्तर्गत भोली सोमबार संकटा क्लब र मच्छिन्द्र क्बल विच खेल हुने आयोजकले जनाएको छ ।
चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टीमले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टीमले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले हेटौंडा स्कुल अफ म्यानेजम्यान्टको सौजन्यमा रोयल इन्फिल्ड बुलेट बाइक प्राप्त गर्नेछन् । त्यस्तै ट्रफिसहित नगद ५० हजार प्राप्त गर्नेछन् ।
त्यस्तै विधागत उत्कृट हुने खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलमा एकजनालाई म्यान अफ दी म्याचबाट १० हजार पुरस्कार प्रदान गरिँदै आएको छ ।