बागमती गोल्डकपको चौंथो संस्करण चैत्र १३ गतेदेखि शुरु हुने,विजेताले नगद ८ लाख प्राप्त गर्ने

छहारी संवाददाता
चैत्र १, २०७७

बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको चौंथो संस्करण आगामी चैत्र १३ गतेदेखि शुरु हुने भएको छ । प्रतियोगिता पूर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ८ स्थित जनता माविको खेलमैदानमा हुने बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ । चैत्र १३ गतेदेखि २२ गतेसम्म प्रतियोगिता हुने आइतबार पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रतियोगिताको मुख्य प्रायोजक बागमती गाउँपालिका रहेको छ ।

प्रतियोगितामा नेपाल पुलिस क्लव,एपिएफ क्लब,च्यासल युवा क्लब,संकटा युवा क्लब,जाउलाखेल युवा क्लव, मच्छिन्द्र युवा क्लब,थ्री स्टार युवा क्लब, बागमती युवा क्लब सर्लाही , नव जनता जागृती युवा क्लब सिमरा, बिवाईसि क्लब भरतपुर र आयोजक बागमती खेलकुद विकास समितीले सहभागी हुने आयोजकले बताएको छ ।

प्रतियोगिताको विजेताले नगद ८ लाख प्राप्त गर्नेछन् भने उपविजेतालाई ४ लाख रुपैयाँ दिइनेछ । उत्कृष्ट खेलाडीलाई ५१ हजार तथा विधागत उत्कृष्ट खेलाडी ६ विधामा जनही १० हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई पाँच हजार रुपैंयासहित मेडल र प्रमाणपत्र दिईने बागमती खेलकुद विकास समितिका अध्यक्ष भिम बहादुर राइले बताउनुभयो । प्रतियोगिता सञ्चालन गर्न ७८ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*