कलाकारितामा योगदान पुर्याउने तथा लागूऔषध दुव्र्यसनविरुद्धको अभियानमा सक्रिएहरुलाई ४२ विधामा अवार्ड दिइने
थाहा कला केन्द्र मकवानपुर र सिआन पुनस्र्थापना केन्द्रले लामो समयदेखि कलाकारितामा योगदान पुर्याउने कलाकार तथा लागूऔषध दुव्र्यसनविरुद्धको अभियानमा सक्रिएहरुलाई हौसला स्वरुप ४२ विधामा अवार्डको दिने भएको छ ।
कला केन्द्र र पुनस्र्थापना केन्द्रले संयुक्त रुपमा विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्न लागेको शनिवार हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । आगामी जेठ ९ गते थाहा नगरपालिकाको पालुङमा एक कार्यक्रमकाबीच अवार्ड प्रदान गरिने बताइएको छ ।
थाहा कला केन्द्रका अध्यक्ष सानुबाबु मोक्तानले मकवानपुर स्थायी घर भई कलाकारितामा लागेकाहरुलाई व्यक्तिगत विवरणसहितको फर्म सुरु गरिएको र निष्पक्ष ढंगबाट छनौट गरी अवार्ड दिइने बताउनुभयो । उहाँले कलाकारिता तर्फ ३१ विधामा अवार्ड प्रदान गरिने बताउनुभयो ।
त्यसैगरी लागुऔषध दूव्र्यसनविरुद्धको क्षेत्रमा काम गर्ने व्यक्ति तथा संघसंस्थालाई पनि अवार्ड प्रदान गर्न लागिएको छ । लागुऔषध दुव्र्यसनीको लागि सुधार केन्द्र सञ्चालन गरिरहेको सिआनले ११ वटा विधामा अवार्ड दिन लागेको हो । अवार्डको लागि देशभरका २ सय ९३ वटा रिकरभरिङ सेन्टरबाट फर्म भरेर विवरण लिइएको बताउँदै सिआन पुनस्र्थापन केन्द्रका अध्यक्ष सौजन डिसीले त्यसमध्येबाट ११ वटा विधामा अवार्ड प्रदान गरिने जानकारी दिनुभयो ।
यस्तै अवार्ड कार्यक्रममा ५ जना पत्रकारलाई सम्मान गरिने कार्यक्रम संयोजक भुपेन्द्र रानाले जानकारी दिनुभयो । कार्यक्रममा सिआन पुनस्र्थापना केन्द्रका सचिव अनिल अधिकारी, मकवानपुर तामाङ कलाकार संघका रविन्द्र थिङ, सिआन र थाहा कला केन्द्रका प्रेस संयोजक रुपक कालिराज लगायतले आफ्ना भनाइ राख्नु भएको थियो ।
अवार्डमा कुल ११ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा थाहा कला केन्द्रले ७ र सिआनले ४ लाख रुपैयाँ खर्च बेहोर्ने योजना बनाएको छ ।