सहिद स्मृति गोल्डकपः संकटासंग पुलिस १–० गोलले पराजित

छहारी संवाददाता
फाल्गुन २९, २०७७

हेटौडामा जारी स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिता तेस्रो संस्करण २०७७ अन्तरगत शनिवार भएको खेलमा संकटा क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

वनविज्ञान अध्ययन संस्थानको मैदानमा भएको खेलमा संकटाले पुलिसलाई १–० गोल अन्तरले पराजित गरेको हो । विदेशी खेलाडी अकेइ कोलुको एक मात्र गोलले संकटाको जित सुनिश्चित भएको हो । जितसंगै संकटा सेमिफाइनल प्रवेश गरेको छ ।

यसअघि हिजो भएको खेलमा आर्मीले जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४९२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरिसकेको छ । आजको खेलको म्यान अफ द म्याच संकटाका मिडफिल्डर नितिन थापा घोषित भए । उनले नगद १० हजार पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगिता अन्तरगत आइतबारको खेल बागमती युवा क्लब सर्लाही र विभागीय टोली नेपाल एपिएफ बीच हुनेछ । चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक विदेशीसहित छ वटा ए डिभिजन, आयोजक र दुईवटा मोफासलका क्लब गरी दश टीमको सहभागिता छ ।

प्रतियोगिताको विजेता टीमले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टीमले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले हेटौंडा स्कुल अफ म्यानेजम्यान्टको सौजन्यमा रोयल इन्फिल्ड बुलेट बाइक प्राप्त गर्नेछन् । त्यस्तै ट्रफिसहित नगद ५० हजार प्राप्त गर्नेछन् ।

त्यस्तै विधागत उत्कृट हुने खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलमा एकजनालाई म्यान अफ दी म्याचबाट १० हजार पुरस्कार प्रदान गरिँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*