बादल लगायतका मन्त्रीलाई मन्त्रिपरिषदबाट फिर्ता हुन माओवादी केन्द्रको निर्देशन

छहारी संवाददाता
फाल्गुन २९, २०७७

नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा (बादल)लगायत मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ ।

पेरिसडाँडामा बिहान बसेको स्थायी कमिटी बैठकले माओवादीबाट मन्त्री भएका सबैलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो । माओवादी धारका गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रममन्त्री गौरीशंकर चौधरी सरकारमा छन् ।

मन्त्री बनेकासहित माओवादी धारका २३ जनालाई प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको केन्द्रीय सदस्य बनाउनुभएको छ । एमालेको ओलीतिर लागेका सबै प्रदेश तथा सङ्घीय सांसदहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको पनि माओवादीका एक नेताले बताएको उज्यालो अनलाइनले लेखेको छ ।

यस्तै बैठकले भोलि ११ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाईएको छ । पर्सि २ गतेका लागि बोलाइएको राष्ट्रियभेला भने अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*