इटलीमा कोरोना जोखिम फेरि बढ्यो, रेष्टुरेन्ट र विद्यालय बन्द गर्ने तयारी

छहारी संवाददाता
फाल्गुन २९, २०७७

इटलीमा कोरोना जोखिम पुनः बढेपछि धेरैजसो क्षेत्रका पसल, रेष्टुरेन्ट र विद्यालयहरु बन्द हुने भएका छन् ।

कोरोनाको जोखिम बढ्दै गएपछि इटलीमा प्रतिबन्धात्मक नियम लागू गरिने भएको हो । प्रधानमन्त्री मारिओ द्राघीले महामारीको चेतावनीपछि पर्सिदेखि विद्यालय, रेस्टुरेन्ट तथा पसलहरु बन्द गर्न लागिएको बीबीसीले जनाएको छ । त्यहाँको पर्व इस्टरका बेला इटलीमा अप्रिल ३ देखि ५ सम्म पूर्णरुपमा बन्द हुनेछ ।

इटालीमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेको छ । अहिलेसम्म इटलीमा एक लाखभन्दा धेरै कोरोना सङ्क्रमितको ज्यान गइसकेको छ । भने झण्डै ३२ लाख मानिस संक्रमित भएका छन् । त्यहाँ कोरोना भाइरसविरुद्धको खोप अभियानसमेत प्रभावित भइरहेको छ । इटलीले अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको खोप अभियानसमेत स्थगित गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*