इन्द्रसरोवरका ४ सय ५१ जना जेष्ठ नागरिकले लगाए कोरोना बिरुद्धको खोप

मञ्जरी बलामी
फाल्गुन २८, २०७७

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका ४ सय ५१ जना जेष्ठ नागरिकले कोभिड–१९ बिरुद्धको खोप लगाएका छन् ।

गाउँपालिकामा यहि फाल्गुन २३ गते आइतबारदेखि २७ गते ५ दिन सम्म सञ्चालन भएको कोभिड–१९ बिरुद्धको खोप अभियान अन्तर्गत उक्त संख्यामा जेष्ठ नागरिकले खोप लगाएको गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक मन्नुनाथ अधिकारीले जानकारी दिनुभयो ।

इन्द्रसरोवरको लागि ५ सय ५० डोज कोभिशिल्ड प्राप्त भएकोमा सरकारको निर्देशन अनुसार ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई प्राथमिकता दिइ कोभिड १९ विरुद्धको खोप लगाइएको हो । गाउँपालिकाको ५ वटै वडाको स्वास्थ्य चौकीहरुमा खोप केन्द्र राखी विश्व स्वास्थ्य संगठन र नेपाल सरकारबाट मान्यता प्राप्त कोभिशिल्ड भ्याक्सिन लगाइएको हो ।

 

वडा नं. १ मार्खुमा मार्खु स्वास्थ्य चौकी, वडा नं २ कुलेखानीको कुलेखानी स्वास्थ्य चौकी खानीखेत, वडा नं ३ सिस्नेरीको सिस्नेरी स्वास्थ्य चौकीमा, वडा नं ४ फाखेलको फाखेल स्वास्थ्य चौकीमा, वडा नं ५ फाखेलको चन्द्रगढी स्वास्थ्य चौकी चखेलमा खोपकेन्द्र सञ्चालन गरिएको थियो ।

खोप केन्द्र मार्फत मार्खुमा ५६ जना पुरुष र ४४ जना महिला गरि जम्मा १ सय जना, कुुलेखानी खोप केन्द्रमा ६९ महिला र ७७ जना पुरुष गरी १ सय ४६ जना, सिस्नेरी खोप केन्द्रमा ३४ महिला र ३६ पुरुष गरी ७० जना, फाखेल खोप केन्द्रमा ३० महिला र १५ पुरुष गरी ४५ जना र चखेल खोप केन्द्रबाट ४४ महिला र ४६ पुरुष गरी ९० जनाले खोप लगाइएको स्टाफ नर्स सरिता कार्कीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*