सहिद स्मृति गोल्डकपः जावलाखेललाई टाइब्रेकरमा ४-२ गोलले हराउँदै आर्मी सेमिफाइनलमा

छहारी संवाददाता
फाल्गुन २८, २०७७

स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तराष्टिय फुटबल प्रतियोगिता तेस्रो संस्करण २०७७ अन्तरगत आज दोस्रो दिनको खेलमा नेपाल आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।

वनविज्ञान अध्ययन संस्थानको मैदानमा भएको खेलमा आर्मीले जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । जसमा आर्मीले ४ र जावलाखेलले २ गोल गर्यो ।

आर्मीको जितका लागि दीपक गुरुङ, विकास तामाङ, टंक बस्नेत र सेसेहाङ आङदेम्बेले १/१ गोल गरेका हुन् । जावलाखेलका लागि भने विदेशी खेलाडी फोडे फफना र रुपबहादुर लामाले १/१ गोल गरे । प्रतियोगिता अन्तरगत शनिवार दिउसो हुने खेलमा नेपाल पुलिस क्लब र संकटा क्लब भिड्ने छन् ।

बिहिवारबाट सुरु भएको उद्घाटन खेलमा आयोजक टोली रिगल हेटौडा रिसोर्ट मकवानपुर ११ ले नवजनजागृती युवा क्लब सिमरालाई ४-१ गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको थियो ।

प्रतियोगिताको विजेता टीमले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टीमले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्ने आयोजकले जनाएका छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले हेटौंडा स्कुल अफ म्यानेजम्यान्टले सौजन्यमा रोयल इन्फिल्ड बुलेट बाइक प्राप्त गर्नेछन् । त्यस्तै नगद ट्रफिसहित नगद ५० हजार प्राप्त गर्नेछन् ।

त्यस्तै विधागत उत्कृट हुने खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलमा एकजनालाई म्यान अफ दी म्याचबाट १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*