सहिद स्मृति गोल्डकपको उद्घाटन खेलमा हेटौडा रिसोर्ट मकवानपुर ११, ४–१ गोल अन्तरले विजयी

छहारी संवाददाता
फाल्गुन २७, २०७७

स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबलको उद्घाटन खेलमा रिगल हेटौडा रिसोर्ट मकवानपुर ११ विजयी भएको छ । हेटौडाको वनविज्ञान अध्यन संस्थानको खेल मैदानमा आजबाट सुरु भएको खेलमा मकवानपुर ११ ले नव जनजागृति युवा क्लब सिमरालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

मकवानपुर ११ को जितका लागि जर्सी नम्बर १० का खेलाडी बिमल रानाले व्यक्तिगत २ गोल गरे । यस्तै जर्सी नम्बर ९ का रंजन विष्ट र जर्सी नम्बर ७ का अमिर श्रेष्ठले थप १र१ गोल गरे । नव जनजागृति युवा क्लब सिमराका लागि सान्त्वना गोल जर्सी नम्बर ९ का मोहित गुरुङगले गरेका हुन् ।

आजको म्यान अफ दि म्याच रिगल हेटौडा रिसोर्ट मकवानपुर ११ का लागि २ गोल गर्न सफल बिमल राना भएका छन् । प्रतियोगिताको औपचारिक उद्घाटन कलाकार सिताराम कट्टेल धुर्मुस गरेका हुन् ।

प्रतियोगिताको विजेता टीमले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टीमले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्ने आयोजकले जनाएका छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले हेटौंडा स्कुल अफ म्यानेजम्यान्टले सौजन्यमा रोयल इन्फिल्ड बुलेट बाइक प्राप्त गर्नेछन् ।

त्यस्तै विधागत उत्कृट हुने खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोउत्कृष्ट खेलाडीले नगद ट्रफिसहित नगद ५० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलमा एकजनालाई म्यान अफ दी म्याचबाट १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता हेर्नका लागि ४ हजार दर्शक अट्ने फलामको प्याराफिटको निर्माण गरिएको छ । चैत्र ७ गतेसम्म चल्ने प्रतियोगिता हेर्न टिकटको व्यवस्था गरिएको छ । नकआउट चरणमा प्रतिव्यक्ति एस सय रुपैयाँ, सेमिफाइनलमा प्रतिटिकट २ सय रुपैयाँ र फाइनल खेल हेर्न ३ सय रुपैयाँ टिकट मूल्य तोकिएको आयोजकले जनाएको छ । प्रतियोगिताका लागि यसवर्ष जिल्लाका १० वटा स्थानीय निकायले सहयोग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*