शैक्षिक क्षेत्रको विकासमा प्रदेश सरकार दृढताका साथ लागेको छः मुख्यमन्त्री पौडेल

छहारी संवाददाता
फाल्गुन २७, २०७७

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शैक्षिक क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

हेटौंडा उपमहानगरपालिका–५ भैरवरोडमा रहेको मकवानपुर टेक्निकल इन्ष्टिच्युटको रजत जयन्तीको बिहीबार उद्घाटन गर्दै उहाँले शैक्षिक क्षेत्रको विकासमा प्रदेश सरकार दृढताका साथ लागिपर्ने बताउनुभयो । शैक्षिक क्षेत्रको विकासबाटै समृद्ध मुलुकको परिकल्पनाले सार्थकता पाउने भन्दै उहाँले शिक्षाको विकासमा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले निजी क्षेत्रबाट सञ्चालित इन्ष्टिच्युटले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा पु¥याएको योगदानको प्रशंसासमेत गर्नुभयो । इन्ष्टिच्युटले सफलतापूर्वक २५ औं वर्ष पार गरेकोमा शुभकामना व्यक्त गर्दै उहाँले दक्ष स्वास्थ्यकर्मी उत्पादनमा अझ सशक्त रुपमा लाग्न आग्रह गर्नुभयो । इन्ष्टिच्युटले स्वास्थ्य क्षेत्रका सिएमए, अनमी, ल्याब एसिस्टेन्ट, हेल्थ असिस्टेन्ट लगायतका विषयको कक्षा संचालन गर्दै आएको छ ।

बिभीन्न संघसंस्थाको सहयोगमा २ सय ३९ जनालाई छात्रबृत्तिमा पढाइएको इन्स्टिच्युटका निमित्त निर्देशक चन्द्र शेखर पण्डीतले बताउनुभयो । सिटिइभिटीको सहयोगमा १० प्रतिशत छात्रबृत्तिमा पढाइ हुँदै आएको उहाँले वताउनुभयो । यस संस्थाबाट सुरुवात देखि हाल सम्म सिएमए ८ सय ११ जना, अनमी ६ सय २७ जना, ल्याब एसिस्टेन्ट ४ सय ८ जना, एचए २ सय जना, अध्ययन गरेको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*