सरकार ढाल्ने प्रयास गरेका नेताहरुलाई कसरी समेट्ने बारे पार्टीमा छलफल चल्दैछः उपप्रधानमन्त्री पोखरेल

छहारी संवाददाता
फाल्गुन २७, २०७७

उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता इश्वर पोखरेलले बहुमतको सरकार ढाल्ने प्रयासमा लागेका नेताहरुलाई कसरी समेट्ने भन्नेबारे पार्टीमा छलफल भइरहेको बताउनु भएको छ ।

प्रेस संगठन पर्साले वीरगंजको होटल भिस्वामा बिहीवार गरेको पत्रकार सम्मेलनमा पोखरेलले आत्मआलोचनाको मौका दिइने विषयमा छलफल भइरहेको बताउनुभयो ,पहिलोपोष्टमा खबर छ । पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालको विषयमा ठोस निर्णय गरी पार्टीले एक पटकको लागि आत्मआलोचना गर्न मौका दिने विषयमा छलफल भइरहेको उहाँको भनाई छ ।

अगामी संसदबाट प्रधानमन्त्री चयनको विषयमा उहाँले सुरुमा अविश्वासको प्रस्ताव टेबल भएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने र त्यसो नभएको खण्डमा अन्य दलहरुसँग सरकार निर्माणको सहकार्य हुने बताउनुभयो । यदि त्यो पनि नभएको अवस्थामा देश चुनावमा जाने अवस्था सिर्जना हुने उहाँको दाबी छ ।

उपप्रधानमन्त्री पोखरेलले अहिलेको अवस्थमा सरकार गठनको लागि सबै दलहरुसँग छलफल चलिरहेको समेत जानकारी दिनुभयो । पोखरेल रौतहटको मौलापुर नगरपालिकाको पत्रौरामा महाशिवरात्रिको दिन आयोजित महायज्ञको कार्यक्रममा सहभागी हुन हिजो राति वीरगंज आइपुगेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*