ब्राजिलमा कोरोना भाइरसको संक्रमण दर फेरि बढ्यो
ब्राजिलमा कोरोना भाइरसको संक्रमण दर फेरि बढेको छ । ब्राजिलमा कोरोना महामारीपछि पहिलो पटक एकैदिन दुई हजारभन्दा धेरैको संक्रमणका कारण ज्यान गएको छ ।
बुधवार ब्राजिलमा संक्रमणका कारण दुई हजार दुई सय ८६ जनाको ज्यान गएको बीबीसीमा उल्लेख छ । अमेरिकापछि ब्राजिलमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा धेरै छ । कोरोनाका कारण ब्राजिलमा अहिलेसम्म दुई लाख ६८ हजार तीन सय ७० पुगेको छ । विशेषज्ञका अनुसार कोरोना भाइरसको नयाँ प्रकार भित्रिएसँगै संक्रमण दर बढेको हो ।
बुधवार ब्राजिलका पूर्वराष्ट्रपति लुइज लुला द सिल्भाले वर्तमान राष्ट्रपति जेर बोलसेनारोमाथि कोरोना भाइरसलाई लिएर गरेको निर्णयलाई ुबेबकुफीु को संज्ञा दिनुभएको छ । बुधवार राष्ट्रपति बोलसेनारो यस महिनामा पहिलो पटक मास्क लगाएको देखिएको छ । बोलसेनारोले कोरोना भाइरसलाई सामान्य रूपमा आँकलन गर्दै आउनुभएको छ । भर्खरै मात्र उहाँले कोरोनालाई लिएर मानिसहरूलाई अनावश्यक हल्ला गरेको भन्दै आलोचना गर्नुभएको थियो ।
ब्राजिलको प्रमुख सार्वजनिक स्वास्थ्य केन्द्र फियोक्रुजले कोरोना संक्रमण दर बढेका कारण देशका ठूला सहरमा स्वास्थ्य प्रणालीमा निकै दबाब परिरहेको बताएको छ । केही सहरको अवस्था कठिन अवस्थामा पुगेको बताइएको छ ।