स्थानीय तह सहिद स्मृति गोल्डकपको उद्घाटन बिहिबार धुर्मस सुन्तलीले गर्ने

उद्घाटन खेलमा हेटौडा रिसोर्ट मकवानपुर ११ र नव जनजागृति युवा क्लब भिड्ने
छहारी संवाददाता
फाल्गुन २६, २०७७

हेटौंडामा बिहीबारदेखि सुरु हुने स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबलको तेस्रो संस्करण २०७७ को सम्पूर्ण तयारी पूरा भएको आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।

भोली दिउँसो सुरु हुने उद्घाटन खेलमा रिगल हेटौडा रिसोर्ट मकवानपुर ११ र नव जनजागृति युवा क्लब सिमरा बीच प्रतिष्पर्धा हुनेछ । प्रतिष्पर्धा अघि हुने औपाचारिक कार्यक्रममको उद्घाटन कलाकार सिताराम कट्टेल (धुर्मस) र कुन्जना घिमीरे(सुन्तली) ले गर्ने आयोजकले जनाएको छ ।

वनविज्ञान अध्यन संस्थानको खेल मैदानमा हुने प्रतियोगिता हेर्नका लागि ४ हजार दर्शक अट्ने फलामको प्याराफिटको निर्माण गरिएको आयोजकले जानकारी दिएको छ । चैत्र ७ गतेसम्म चल्ने प्रतियोगिता हेर्न टिकटको व्यवस्था गरेको छ । उद्घाटन खेल हुने दिन अर्थात भोलीबाटै दर्शकले टिकट काटेर खेल हेर्नुपर्नेछ ।

नकआउट चरणमा प्रतिव्यक्ति एस सय रुपैयाँ, सेमिफाइनलमा प्रतिटिकट २ सय रुपैयाँ र फाइनल खेल हेर्न ३ सय रुपैयाँ टिकट मूल्य तोकिएको आयोजकले जनाएको छ । प्रतियोगिताका लागि यसवर्ष जिल्लाका १० वटा स्थानीय निकायले सहयोग गरेका छन् ।

प्रतियोगितामा नेपालका ए–डिभिजनका क्लबहरु सहित १० टीमको सहभागिता रहने प्रतियोगिताका संयोजक प्रताप बिष्टले जानकारी दिनुभयो । प्रतियोगिता हेटौडा–१० मा रहेको बनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा हुनेछ । प्रतियोगिताको विजेता टीमले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टीमले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्ने आयोजकले जनाएका छ ।

त्यस्तै विधागत उत्कृट हुने खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोउत्कृष्ट खेलाडीले नगद ट्रफिसहित नगद ५० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलमा एकजनालाई म्यान अफ दी म्याचबाट १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*