मकवानपुर टेक्निकल इन्स्टिच्युटले रजत महोत्सव भव्य रुपमा मनाउँने

छहारी संवाददाता
फाल्गुन २६, २०७७

हेटौंडा उपमहानगरपालिका ५ भैरबरोडमा रहेको मकवानपुर टेक्निकल इन्स्टिच्युटले रजत महोत्सव भव्य रुपमा मनाउँने भएको छ ।

२०५३ साल देखि सुरु भएको यस इन्स्टिच्युटले २५ वर्ष पुगेको अवसरमा रजत महोत्सव मनाउन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । महोत्सव भोली बिहानबाट सुरु हुनेछ । आफ्ना शैक्षीक कृयाकलापहरुलाइृ प्रविधि मैत्री बनाउँदै लगेको यस संस्थामा टेक्नकिल पढाइ हुने गरेकोछ । यहाँ सिएमए, अनमी, ल्याब एसिस्टेन्टको पढाइ हुँदे आएको छ ।

विभिन्न संघसंस्थाको सहयोगमा २ सय ३९ जनालाई छात्रवृत्तिमा पढाइएको इन्स्टिच्युटका निमित्त निर्देशक चन्द्र शेखर पण्डीतले बताउनुभयो । सिटिइभिटीको सहयोगमा १० प्रतिशत छात्रबृत्तिमा पढाइ हुँदै आएको उहाँले बताउनुभयो । यस संस्थाबाट सुरुवात देखि हालसम्म सिएमए ८ सय ११ जना, अनमी ६ सय २७ जना, ल्याब एसिस्टेन्ट ४ सय ८ जना, एचए २ सय जनाले अध्ययन गरेको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*