भारतको उत्तराखण्डका मुख्यमन्त्रीले दिए राजीनामा

छहारी संवाददाता
फाल्गुन २५, २०७७

भारतको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

मंगलबार उनले राज्यपाल बेबी रानी मौर्यलाई आफ्नो राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएसँगै सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजीनामाको निर्णय आफ्नो एकल निर्णय नभई पार्टीले लिएको निर्णय भएको उल्लेख गरेका छन् ।

भारतीय जनता पार्टीको तर्फबाट मुख्यमन्त्री बनेका रावतले यस विषयमा जानकारी दिन बुधबार आफूले सबै सांसदको बैठक बोलाएको बताएका छन्, अनलाइन खबरले लेखेको छ । राजीनामाबारे सोधिएको प्रश्नमा यसको उत्तर दिल्ली ९केन्द्र सरकार०ले दिने बताए ।

पछिल्लो केही दिनयता उनीमाथि पदबाट राजीनामाको दबाव बढ्दै गएको थियो । यसअघि भाजपाका सांसदले उनी केन्द्र सरकारको सम्पर्कमा रहेको र पार्टीका अध्यक्षले पनि उनीसँग कुरा गरेको बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*