कोरोना अपडेटः बागमती प्रदेशका ५०१ खोप केन्द्रबाट दुई दिनमा ७१ हजार बढीले खोप लगाए

छहारी संवाददाता
फाल्गुन २५, २०७७

बागाती प्रदेशका १३ वटा जिल्लामा कोरोना बिरुद्धको खोप लगाउने बृद्धबृद्धाहरुको सख्या उत्साह जनक रहेको छ ।

बागमती प्रदेशका ५०१ खोप केन्द्रबाट दुई दिनमा ७१ हजार भन्दा बढीले खोप लगाएका छन् । यो अभियानमा सबै भन्दा बढी खोप लगाउने काठमाण्डौ जिल्लामका छन् ।

सरकारले सुरु गरेको दोस्रो चराको खोप अभियानमा दुई दिनमै बागमती प्रदेशमा मात्र ७१ हजार ९ सय ५३ जना अर्थात ११।४८ प्रतिशतले खोप लगाएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।

हिजो एकै दिनमा बागमती प्रदेशमा ३४ हजार ८ सय ६० जनाले खोप लिएको सेढाईले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*