स्थानीय तह सहिद स्मृति गोल्डकप तेस्रो संस्करणको तयारी अन्तिम चरणमा
हेटौंडामा हुने स्थानीय तह सहिद स्मृति गोल्डकप तेस्रो संस्करण २०७७ मकवानपुरको तयारी अन्तिम चरणमा पुगेको छ । स्थानीय सरकारको सहयोगमा यही फागुन २७ गते देखि चैत ७ गतेसम्म गर्न लागिएको फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले आज पत्रकार सम्मेलन जानकारी दिएको हो ।
आजको पत्रकार सम्मेलनमा प्रतियोगिताको तालिका समेत सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन कलाकार सिताराम कट्टेल ९धुर्मस० र कुन्जना घिमीरे९सुन्तली० ले गर्ने तयारी भएको आयोजकले जनाएको छ । २०६२र०६३ को जनआन्दोलनका सहीदहरुको स्मृतिमा दश वर्ष अघि हेटौंडामा गोल्डकप सुरु भएको हो ।
विभिन्न प्रायोजकहरुको नाम राखेर सञ्चालन हुँदै आएको प्रतियोगिताका लागि यस वर्ष जिल्लाका १० वटा स्थानीय निकायले सहयोग गरेका छन् । स्थानीय तहको सहयोगबाट प्रतियोगिता सञ्चालनको तयारी थालेको मकवानपुर फुटबल संघले यस वर्षबाट खेललाई ‘स्थानीय तह शहीद स्मृति गोल्डकप’ नामाकरण गरेको प्रतियोगिताका संयोजक प्रताप बिष्टले जानकारी दिनुभयो ।
प्रतियोगितामा नेपालका ए–डिभिजनका क्लबहरु सहित १० टीमको सहभागिता रहने कार्यक्रम संयोजक विष्टले जानकारी दिनुभयो । प्रतियोगिता हेटौडा–१० मा रहेको बनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा हुनेछ । प्रतियोगिताको विजेता टीमले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टीमले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्ने आयोजकले जनाएका छ । त्यस्तै विधागत उत्कृट हुने खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् ।
प्रतियोगिताका सर्वोउत्कृष्ट खेलाडीले नगद ट्रफिसहित नगद ५० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलमा एकजनालाई म्यान अफ दी म्याचबाट १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको अनुमानित लागत ९४ लाख ४० हजार ५ सय रहेको प्रतियोगिताका संयोजक बिष्टले जानकारी दिनुभयो ।