नेकपा मकवानपुरको कार्यविभाजनमा थपघट
नेकपा प्रचण्ड–माधव समूह मकवानपुरको जिल्ला कार्यसमितिको बैठकले कार्यविभाजनमा थपघट गरेको छ ।
बैठकले निर्वाचन क्षेत्र, टे«ड युनियन र गाउँपालिकाहरुमा कार्यविभाजन गरिएको छ । बैठकले नेकपा मकवानपुरको प्रचारप्रसार विभागको इञ्चार्जमा कमान सिं पाख्रिन (पृथक), उद्योग व्यापार संघमा इञ्चार्जमा इन्द्र नेपाल, ट्रेड युनियन इञ्चार्जमा अर्जुन ढुंगेल, प्रतिनिधिसभा १, को प्रदेश (क) संयोजकमा ज्ञान सागर भोलन, सचिवमा शर्मिला विक, प्रदेश (ख) संयोजकमा मदन दहाललाई जिम्मेवारी दिएको छ ।
नेकपा बागमती गाउँपालिका इञ्चार्जमा हस्तबहादुर थिङ, सहइञ्चार्जमा मंगल रखाल र बिमल थिंङ, नेकपा बकैया गाउँपालिका कमिटी सहइञ्चार्जमा ज्ञानकुमार थोकर, प्रेम डिम्डुङ र अमर स्याङ्तान, मकवानपरगढी गाउँपालिका कमिटी सहइञ्चार्जमा चन्द्र योञ्जन, खेम सापकोटा, वीर बहादुर रुम्बा, नेकपा प्रतिनिधिसभा (२) संयोजकमा विष्णु दाहल, प्रतिनिधिसभा २ को प्रदेश (ख) संयोजकमा गौतम बुद्ध थोकरलाई जिम्मेवारी दिएको पार्टीको प्रचारप्रसार विभाग इञ्चार्ज पार्खिनले जानकारी दिए ।
यसैगरी राक्सिराङ गाउँपालिका सहइञ्चार्जमा कृष्ण चेपाङ, अमर बाल्पा र खुशी लाल चेपाङ, नेकपा मनहरी गाउँपालिका सहइञ्चार्जमा राजकुमार पाख्रिन, वीरबहादुर घलान, गौतम लामा , भुमिनन्द अर्याल, संजिब पाठक र अमर रुम्बा, नेकपा कैलाश गाउँपालिका सहइञ्चार्जमा टंक मोक्तान, जयबहादुर थिङ, ठाकुर सिंह गुरुङ, नेकपा थाहा नगरपालिका कमिटी सहइञ्चार्जमा तारा सिंतान, कल्याण बिक्रम घलान, जयराम रायमाझी, बिनोद लामालाई जिम्मेवारी दिइएको हो ।
नेकपा केन्द्रीय सदस्य केदार न्यौपानेको प्रमुख आतिथ्यता तथा नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज कुमारी मोक्तान, नेकपा प्रदेश कमिटी सदस्यहरु विष्णु विष्ट, ओम घलान, सर्केश घलान, सुर्यचन्द्र न्यौपाने, गोमा तिमल्सिना, नेकपा सचिव प्रेमबहादुर पुलामीलगायतको आतिथ्यता रहेको थियो ।