प्रधानमन्त्री ओली र विप्लवले आज एउटै मञ्चबाट सम्बोधन गर्दै

छहारी संवाददाता
फाल्गुन २१, २०७७

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आज एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् । सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएसँगै प्रधानमन्त्री ओली र नेकपाका महासचिव ‘विप्लव’ ले आज संयुक्त रुपमा विशेष समारोहलाई सम्बोधन गर्ने भएका हुन् ।

आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले संयुक्त रुपमा सम्बोधन गर्नेछन् ।

बिहीवार भएको सहमतिअनुसार विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लागाइएको पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायतका विषय रहेका छन् ।

यसअघि बुधबार दुई चरण र बिहीबार बिहानको वार्तापछि ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*