कांग्रेस पदाधिकारी बैठक बस्दै
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।
सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा प्रतिनिधिसभा बैठकमा आफ्नो भूमिकाबारे थप रणनीति तयार गरिने बुझिएको छ ।
प्रतिनिधि सभा बैठक लक्षित समसामयिक राजनीतिक घटनाक्रम, संसद् र संसदीय दलमा के एजेण्डा लिएर जाने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेसले जनाएको, उज्यालो अनलाइनले लेखको छ ।
सरकारमा जाने कि नजाने भनेर कांग्रेसमा दुई धार देखिएको छ । सभापति देउवा सरकारको नेतृत्व गर्नुपर्ने अवस्थाबाट भाग्न नहुने पक्षमा हुनुहुन्छ भने प्रतिपक्षमै रहेर अघि बढ्नुपर्ने पक्षमा नेता रामचन्द्र पौडेल हुनुहुन्छ ।