१० दिन मात्र कैद भुक्तान गर्न बाँकी हुँदा फरार भएका भुजेल ८ वर्षपछि पक्राउ
लागु औषध मुद्दामा १० दिन मात्र कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी आठ वर्षपछि पक्राउ परेका छन् ।
जिल्ला अदालत मकवानपुरले २०६९/११/०१ गते हेटौंडा १७ का ३२ वर्षिय दिनेश भुजेललाई एक महिना २४ दिनको कैद सजाय सुनाएको थियो ।
१० दिन मात्र कैद भुक्तान गर्न बाँकी हुँदै फरार भएका भुजेललाई आठ वर्षपछि हिजो सोमबार पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
हेटौडा १७ बाट पक्राउ परेका भुजेललाई जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई कैद भुक्तानको लागि भिमफेदी कारागार पठाइएको रानाले जानकार दिनुभयो ।