लदी पर्व अर्थात कोशी पुजाको अवसरमा मंगलबार सार्वजनिक विदा

छहारी संवाददाता
फाल्गुन १७, २०७७

मकवानपुरको बकैया गाउँपालिकामा भोली मंगलबार सार्वजनिक विदा हुने भएको छ ।

गाउँपालिकाले आदिवासी जनजाति माझी समुदायले मनाउने लदी पर्व अर्थात कोशी पुजाको अवसरमा मंगलबार सार्वजनिक विदा दिएको सूचनामा उल्लेख छ।

फागुन ६ गते बसेको कार्यपालिका बैठकले लदी पर्वको अवसरमा विदा दिने निर्णय गरेको हो । पर्वको अवसरमा बकैया ४ जुरेलिमा बृहत सांस्कृतिक एवं शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*