हेटौंडा जेसीजले फागुन १९ देखि २२ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गर्ने

छहारी संवाददाता
फाल्गुन १७, २०७७

हेटौंडा जेसीजले जेसीज सप्ताह अन्तरगत सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । आज हेटौंडा आयोजित पत्रकार सम्मेलनमा यहि फागुन १९ गतेदेखि २२ गतेसम्म विभिन्न कार्यक्रम गरी सप्ताहव्यापी कार्यक्रम गर्ने जानकारी दिएको हो ।

जेसीजले १९ गते हेटौडा माउन्टेन बाइक च्याम्पेन्सिप प्रतियोगिता गरी जेसीज सप्ताहको सुभारम्भ गर्ने जनाएको छ । हेटौंडा जेसीजका अध्यक्ष लिसेन बस्नेतले नेपालमै पहिलोपटक संचालन गर्न लागिएको प्रतियोगितामा राष्ट्रिय स्तरका करिव २० जना खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई ९ हजार रुपैया, द्वितिय हुनेलाई ६ हजार र तृतिय हुनेलाई ३ हजार रुपैया, मेडल, तथा प्रमाण पत्र प्रदान गरिने बस्नेतले बताउनुभयो ।

यस्तै सोही दिन मावि स्तरिय अम्बिकादेवी कार्की मेमोरियल हाजिरी जवाफ प्रतियोगिता गर्ने बस्नेतले जानकारी दिनुभयो । हाजिरी जवाफ प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेलाई पनि क्रमशः ९ हजार, ६ हजार र ३ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने उहाँको भनाई छ।

सप्ताहव्यापी कार्यक्रम अन्तरगत फागुन २० गते दुर्घटना न्युनिकरणको उदेश्यका साथ स्लो बाइक कम्पिटिसन तथा अन्तर जेसीज वतृत्वकला प्रतियोगित, फागुन २१ गते हेटौंडा उपमहानगरपालिका–१५ चिप्लेटीम रहेको विश्व ज्योती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । फागुन २२ गते हेटौंडाको बुद्ध चोकमा रक्तदान कार्यक्रम र सोही दिन कर्रामा रहेको जेसीजको कार्यालयमा सप्ताहव्यापी कार्यक्रमको समापन गरिने अध्यक्ष बस्नेतले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*