झरना साहित्यिक परिवार मकवानपुरलाई एक लाख रासीको पुरस्कार
झरना साहित्यिक परिवार मकवानपुरलाई एक लाख रुपैयाँ रासीको पुरस्कार समर्पण गरिएको छ ।
पोखराको हेमराज पहारी स्मृति प्रतिष्ठानले आज हेटौंडामा आयोजित कार्यक्रममा झरना साहित्यिक परिवारलाई एक लाख रुपैयाँको पुरस्कार समपर्ण गरेको हो । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले साहित्य परिवारका अध्यक्ष दिपक गौतम लगायतलाई पुरस्कार हस्तान्तरण गर्नुभयो ।
पुरस्कार हस्तान्तरण गर्दै उहाँले मुख्यमन्त्री पौडेलले साहित्य प्रति आफ्नो अत्यन्तै रुचि रहेको बताउनुभयो । साहित्यिक कार्यक्रम बोल्न भन्दा सुन्न महत्वपुर्ण हुने उहाँको भनाई थियो । सम्मानित हुने संस्थालाई बधाइ दिदै मुख्यमन्त्री पौडेलले यस्ता कार्यमा नयाँ पुस्तालाई अगाडी बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।
हेमराज पहारी स्मृति प्रतिष्ठानका अध्यक्ष रिता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सङ्गित तथा नाट्य एकेडेमीकी प्राज्ञ हरि देवि कोइराला, अग्रज साहित्यकारहरु लगायतकाले आफ्ना धारणा राख्नु भएको थियो ।