सरकारी सञ्चारमाध्यमले आलोचनात्मक भूमिका निर्वाह गर्न सक्नु पर्छः योगेश भट्टराई

छहारी संवाददाता
फाल्गुन १७, २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले पत्रकारिता सधैँ लोकतान्त्रिक गणतन्त्र र संविधानको पक्षमा हुनुपर्ने बताउनु भएको छ ।

नेकपा निकट प्रेस सङ्गठन नेपालका इञ्चार्ज भट्टराईले आज हेटौँडामा आयोजित सङ्गठनको दोस्रो प्रादेशिक भेलालाई सम्बोधन गर्दै सरकारी सञ्चारमाध्यमले पनि आलोचनात्मक भूमिका निर्वाह गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–’ केही पत्रकार ओलीले संविधान मिच्दा, संविधानिक ‘कुु’ गर्दा पनि विरोध गर्दैनन् , बरु ताली पिटट्छन् । ‘ सरकारी मिडियाले सरकारको अन्धो समर्थन गर्ने गरेको उहाँको आरोप  छ।

भट्टराईले देशमा भएका आमुल परिवर्तनमा प्रेसको भुमिका अतुलनीय रहेको र समग्र प्रेस जगतप्रतिको स्वतन्त्रता कायम राख्न प्रचण्ड–नेपाल समुह प्रतिबद्ध रहेको बताउनुभयो । ओलीलाई कम्युनिष्ट आन्दोलनले नपत्याएको भन्दै उहाँले आफ्नो गल्ती प्रति आत्मालोचना सहित पदबाट राजिनामा दिनुपर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*