चुरेहिल हस्पिटलमा अर्थोस्कोपी सेवा पुनः सुरु
चुरेहिल हस्पिटलमा अर्थोस्कोपी सेवा पुनः सुचारु भएको छ । लामो समयदेखि जोर्नी दुखाईको समस्या भएका बिरामीहरुको अर्थोस्कोपी शल्यक्रियाको माध्यमबाट समस्या समाधान गरिने चुरेहिल हस्पिटलका अर्थोपेडिक सर्जन डा. दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
दुईजना बिरामीहरुको हिजो बिहिवारबाट नै सफल शल्यक्रिया गरी अर्थोस्कोपी सेवा शुरुवात गरिएको हो । सामान्यतया अर्थोस्कोपी शल्यक्रिया गर्न बिरामीलाई जिल्ला बाहिर जानुपर्ने अवस्था अब नरहने बताउनुहुँदै चुरेहिल हस्पिटलका संचालक नारायण लाल श्रेष्ठले जिल्ला भित्रै विविध सेवाहरु प्रदान गर्ने कार्यमा हस्पिटल सधैं प्रयत्नरत रहेको बताउनुभयो ।
जिल्लाभित्रका बिरामीहरुलाई बाहिरी जिल्लामा गई उपचार गराउन नपर्ने उद्देश्यले हस्पिटलले हरेक १५ /१५ दिनमा बरिष्ठ डाक्टरहरुबाट उपचार सेवा पनि प्रदान गर्दै आईरहेको छ ।
यससंगै चुरेहिल हस्पिटलले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा हेटौंडा ४ बस्ने एक ३९ वर्षीया विपन्न महिलालाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गरेको छ ।
अर्थोपेडिक सर्जन डा. दीपक श्रेष्ठले उक्त महिलाको निःशुल्क शल्यक्रिया गर्नुभएको थियो भने हस्पिटलले आप्mना विविध सेवाहरु निःशुल्क प्रदान गरेको थियो ।