औद्योगिक विकासका लागि राजीतिक स्थिरता आवश्यक: लेखराज भट्ट
उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेख राज भट्टले औद्योगिक क्षेत्रको विकासका लागि राजीतिक स्थिरता आवश्यक रहेको बताउनु भएको छ ।
हेटौंडा उपमहानगरपालिका–१३ र १४ मा स्थापना हुने मयुरधाप औद्योगिक क्षेत्रको शुक्रबार शिलान्यास गर्दै मन्त्री भट्टले विकासको लागि स्थिर सरकार हुन जरुरी भए पनि अहिले आफ्नै पार्टीबाट विकासका काममा बाधा पु¥याउने काम भइरहेको आरोप लगाउनुभयो ।
मन्त्री भट्टले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेर देशमा राजनीतिक अस्थिरता पैदा गरिदिएको बताउनु भयो ।
यसैबीच हेटौडा औद्योगीक क्षेत्र प्रदेश सरकारको मातहतमा नपरेकोमा बागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले गुनासो गर्नु भएको छ ।
‘हामीले औद्योगिक क्षेत्रको व्यवस्थापनको लागि आधिकार माग गरेका थियौं,’ उहाँले भन्ननुभयो । ,‘तर त्यो पूरा भएन । अहिले संघीय सरकारले पनि व्यवस्थापन राम्रोसँग गर्न सकिरहेको छैन ।
औद्योगिक क्षेत्र व्यवस्थापनको काम प्रदेश सरकारलाई दिइने हो भने हामीले उत्कृष्ट ढंगले व्यवस्थापन गर्नेछौं ।’ प्रदेश सरकार स्थापना हुने बितिकै उद्योगहरुको विकासका लागि प्रदेश सरकारले योजना बनाए पनि प्रदेशको मतहतमा नआएको पौडेले बताउनु भयो ।
मातहतमा नआएपनि प्रदेश सरकारले हेटौंडा औद्योगिक क्षेत्रको विकास तथा व्यवस्थापनका लागि काम गरिरहेको पौडेलको भनाइ छ । अब हेटौडा १४ मा स्थापना हुने उद्योगहरुलाइ प्रथमीकताका आधारमा दर्ता हुनु जरुरी रहेको उहाले बताउनुुुभयो ।
मुख्य मन्त्री पौडेले विकास नचाहाने केही व्यक्तिहरुले प्रदेश सरकारको विकास देख्न नसकेको समेत आरोप लगाउ कार्यक्रममा नआउने सांसदहरुलाइ लक्षित गर्दै पौडेलले विकास देख्न नसकेर नआएको आरोप लगाए ।