भिमफेदी–१ मा निर्माण गरिएको समवेल सञ्चालनमा
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले भिमफेदी गाउँपालिका वडा नम्बर–१ सामरी खोलामा निर्माण गरेको समवेल सञ्चालनमा ल्याएको छ ।
दैनिक २७ लाख लिटर पानि निकाल्न सक्ने क्षमता भएको समवेल बोर्डले १ करोड २५ लाख लागतमा भीमफेदी १ सुपारेटारमा निर्माण गरेसंगै शुक्रबारबाट सञ्चालनमा ल्याएको हो ।
बैसाख बाट निमार्ण सुरु भएको समवेल सञ्चालनमा आए संगै हेटौडा १,२ ,४ र १० नम्बर वडाका स्थानियहरु लाभान्वित हुने छन । शुक्रबारबाट सञ्चालनमा आएको समवेलबाट हेटौंडा वडा नम्बर १, २, ४ र १० नम्बर वडाका करिब ८ सय घरधुरीकालाई दैनिक ३ समय पानी वितरण गरिने बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिनुभयो ।
हेटौडा खानेपानि ब्यबस्थापन बोर्डले दैनिक १ करोड २२ लाख लिटर पानि बितरण गरिरहेकोमा समवेल सञ्चालनमा आएसंगै २७ लाख लिटर पानि थप भएको छ । शुक्रबार हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महत र मध्य पृतनका उपरथि अशोकराज सिग्देल क्षेत्रीले संयुक्त रुपमा समवेलको उदघाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतले हेटौडा खानेपानि ब्यबस्थापन बोर्डले गुनासो नआउने गरी काम गरीरहेको बताउदै बोर्ड संग लगानि प्रसस्त भएको र हेटौडा उपमहानरपालिकाले पनि साथ दिइरहेको र आगामी दिनमा पनि दिने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
समवेल निमार्णका लागी नेपाली सेनाले जग्गा उपलब्ध गराएको थियो । कार्यक्रममा सुपारेटार व्यारेकका नेपाली सेनाका महासेनानी प्रकाशराज थापा, रोशन खड्का, हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपाने, बोर्डका सदस्य इन्द्र नेपाल, निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकाल लगायतको उपस्थिती रहेको थियो ।