संसद् पुनर्स्थापना गर्ने एतिहासिक फैसला स्वागतयोग्य : देउवा

छहारी संवाददाता
फाल्गुन ११, २०७७

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताउनुभएको छ ।

मङ्गलवार अदालतको फैसलापछि सामाजिक सञ्जाल ट्विटरमा उहाँले भन्नुभएको छ, ‘मैले सुरुदेखि नै संसद् विघटनमा सर्वोच्चलाई स्वतन्त्र रूपमा फैसला गर्न सघाउनुपर्छ भन्दै आएको थियो । त्यहीअनुसार सर्वोच्च अदालतले स्वतन्त्र रूपमा संसद् पुनर्स्थापना गर्ने एतिहासिक फैसला गरेको छ । कांग्रेस सर्वोच्चको फैसलाको स्वागत गर्दछ ।’

देउवाले संविधान कार्यन्वयनका क्रममा देखिने विवाद समाधान गर्ने अन्तिम थलो नै सर्वोच्च अदालत भएको बताउनुभएको छ । सर्वोच्चले संसद् विघटन बदर गरेर संवैधानिक दायित्व पूरा गरेको उहाँको भनाइ छ ।

देउवाले संसद् विघटन बदर गर्ने सर्वोच्च अदालतको संवैधानिक इजालसका न्यायधीशहरूलाई धन्यवाद दिन चाहनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*