देशलाई अँध्यारोतिर जानबाट सर्वोच्चले जोगायो: प्रवत्ता श्रेष्ठ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)प्रचण्ड -माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले देशलाई राजनीतिक संकटको अँध्यारो सुरुङतिर जानबाट जोगाएको प्रतिक्रिया दिनुभएको छ।
सर्वोच्चले मंगलबार प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गरी प्रतिनिधि सभा पुनःस्थापना गर्ने निर्णय गरेसँगै संविधानले दिएको ऐतिहासिक जिम्मेवारीलाई गहिरोसँग बोध गरेको बताउनुभयो ।
उहाँले सर्वोच्च अदालतले संविधान र लोकतन्त्रको रक्षा गर्ने काम गरेको बताउनुभयो ।