सर्वोच्चको फैसला स्वीकार गछौंः उपप्रधानमन्त्री पोखरेल

छहारी संवाददाता
फाल्गुन ११, २०७७

उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूलाई स्वीकार हुने बताउँनु भएको छ ।

ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनर्स्थापना भए पनि आफूहरूको राजनीति नसकिने बताएको भोलिपल्ट सचिवालय सदस्य पोखरेलले सर्वोच्च अदालतले जे फैसला गरे पनि आफ्नो पार्टीलाई मान्य हुने धारणा सार्वजनिक गर्नुभएको, न्यज २४ अनलाइनले लेखेको छ ।

ओली समूहनिकट प्रेस संगठनको चितवन जिल्ला समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले सर्वोच्च अदालतले जे फैसला गर्छ त्यसलाई नमान्ने भन्ने कुरा लोकतन्त्रमा नहुने बताउनु भयो ।

यस्तै उहाँले चुनावमा जाने कुरालाई पनि अलोकतान्त्रिक र प्रतिगमन भन्न नमिल्ने जिकिर पनि गर्नुभयो । त्यस क्रममा नेता पोखरेलले प्रचण्ड–नेपाल पक्षको अकर्मण्यताका कारण नेकपा फुटेको आरोप पनि लगाउँनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*