नेकपा प्रचण्ड–माधव समूहको ६८ जिल्लाको नेतृत्व चयन

मकवानपुर अध्यक्षमा सिग्देल, सचिवमा पुलामी यथावत
छहारी संवाददाता
फाल्गुन १०, २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहले भागबन्डाका आधारमा ६८ जिल्लाको नेतृत्व चयन गरेको छ ।

पूर्वमाओवादी समूहले ३५ र पूर्वएमाले समूहले ३३ जिल्लामा नेतृत्व पाएको छ । अब नौ जिल्लामा नेतृत्व चयन गर्न बाँकी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको हो ।

यसअघि नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच ५०/५० प्रतिशतका आधारमा नेतृत्व चयन गर्ने गरी नौ बुँदे सहमति भएको थियो ।

यता नेकपा-प्रचण्ड नेपाल समुह मकवानपुरको अध्यक्षको मुनु सिग्देल र सचिवको जिम्मेवारी प्रेम बहादुर पुलामी छिन्तुलाई दिइएको छ । सिग्देल र पुलामी नेकपा दुुुुई खेमामा विभाजित नहुदा सोही पदम रहनु भएको थियो । दुबै बागमती प्रदेश सदस्य समेत हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*