मकवानपुरगढी गाउँपालिका ५ को आमभञ्ज्याङ स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन

छहारी संवाददाता
फाल्गुन ९, २०७७

मकवानपुरगढी गाउँपालिका ५ मा रहेको आमभञ्ज्याङ स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन गरिएको छ । आइतबार गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले प्रयोगशालाको उद्घाटन गर्नु भएको हो ।

अध्यक्ष हुमागाईले अब प्रत्येक वडामा प्रसुती सेवा सहित प्रयोगशालाको सेवा पनि विस्तार गरिने बताउनुभयो । कृषि र पर्यटनमा गाउँपालिकाले फड्को मारिरहेको भन्दै उहाँले अब स्वास्थ्य, शिक्षाको विकासमा पनि गाउँपालिका लागेको बताउनुभयो ।

स्वास्थ्य चौकीका अध्यक्ष तथा वडा अध्यक्ष जीत बहादुर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष राम प्रसाद तिमल्सिना, वडा ६ का अध्यक्ष टिका प्रसाद दाहाल, कार्यपालिका सदस्य मञ्जु योञ्जन, चिनी माया लुङवा, निर्मला विक, वडा सदस्यहरु,गाउँपालिकाका स्वास्थ्य संयोजक ध्रुव लामिछाने, आमभञ्ज्याङ स्वास्थ्य चौकीका प्रमुख सन्देश घिमिरे, विभिन्न वडाका स्वास्थ्य चौकी प्रमुख, राजनितिक दल,सहकारी, वन, विद्यालय, टोल विकासका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

वडाका जेष्ठ सदस्य कृष्णसिद्धी लामाको सुगर परिक्षण गरी प्रयोगशालाको सेवा सुरु हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*