गाडी मर्मत गर्ने ग्यारेजको मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु
हेटौंडा–११ थानाभर्याङमा रहेको एक ग्यारेजमा काम गर्ने मजुदुरको मेसिनमा च्यापिएर मृत्यु भएको छ ।
गाडी मर्मत गर्ने ग्यारेजको मेसिनमा च्यापिएर बाराको कलैया उपमहानगरपालिकाका १९ वर्षीय अरबिन्द कुमार ठाकुरको मृत्यु भएको जिप्रका मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
ठाकुरको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो । ठाकुरको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रानाले बताउनुभयो ।