देउवाको कारण ओलीलाई अधिनायकवादी बन्न फाइदा पुगेको कांग्रेस नेता पौडेलको आरोप
नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहाद्र देउवाकै कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई अधिनायकवादी बन्न फाइदा पुगेको आरोप लगाउनु भएको हो ।
आइतबार नेपाल प्रेस सुनसरीले आयोजना गरेको कार्यक्रममा उहाँले देउवाकै कारणले प्रधानमन्त्री ओलीलाई अधिनायकवादी बन्न फाइदा पुगेको आरोप लगाउनु भएको हो । देउवाले आन्दोलन गर्न कांग्रेससँग पैसा नभएको भनी दिएको अभिव्यक्तिप्रति पौडेलले असहमति जनाउनुभयो ।
आन्दोलन पैसाले नभई विचारले हुने उहाँको टिप्पणी थियो । नेता पौडेलले प्रधानमन्त्रीले अदालतलाई धम्की दिदै जाँदा देशले साँच्चै नेतृत्व नपाएको अभाव भएको पनि बताउनुभयो ।