प्रदेश तहको कुनै औचित्य छैन : कमल थापा

छहारी संवाददाता
फाल्गुन ९, २०७७

राप्रपाका अध्यक्ष कमल थापाले प्रदेश तहको कुनैऔचित्य नभएको बताउनुभएको छ ।

झापामा पत्रकारसँगको भेटघाटमा थापाले प्रदेशको अधिकार पनि स्थानीय तहलाई दिएर दुई तहको बलियो संघीयता स्थापित गर्नु पर्नेमा जोड दिनुभयो। उहाँले प्रधानमन्त्रीबाट संसद विघटन असंवैधानिक कदम भए पनि अब निर्वाचनमा जानुको विकल्प नभएको जिकिर गनुृभयो ।

‘संसद विघटन सम्बन्धिको प्रष्ट व्यवस्था नहुँदा अहिले बहस सिर्जना भएको तर अब यसको करेक्सनका लागि जनताका बीचमा जानुको विकल्प छैन नभएको थापाले बताउनुभयो ।

संविधानमा संसद विघटन सम्बन्धिको व्यवस्थानै प्रष्ट नभएका कारण अहिले बहस सिर्जना भएको भन्दै उहाँले संसदीय अभ्यास र प्रधानमन्त्री प्रणालीमा संसद विघटनको अधिकार अन्तर्राष्ट्रिय अभ्याससमेत भएको उहाँको तर्क छ ।

आफुहरुले शुरू देखिनै नेपालले संघीयता धान्न नसक्ने बताउँदै आएको र अहिले त्यो प्रमाणित भएको उहाँले बताउनुभयो । उहाँले अब संघीयता खारेज गर्नेभन्दा पनि नयाँ मोडलमा जानु पर्ने सुझाव दिनुभयो ।

राजसंस्था सहितको लोकतन्त्र र धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दू राज्यको मान्यतामा राप्रपा अडिग रहेको भन्दै यसलाई क्रमिक जनताले पनि साथ दिने उहाँले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*