प्रदेश राजधानी हेटौंडामा यसरी मनाइयो प्रजातन्त्र दिवस

छहारी संवाददाता
फाल्गुन ७, २०७७

आज ७१ औँ प्रजातन्त्र दिवस मनाइएको छ । एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज देशभर विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ ।

प्रजातन्त्र दिवस मूल समारोह समिति बागमती प्रदेशको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा पनि विषेश कार्यक्रमको आयोजना गरियो । दिवसको अवसरमा विहान प्रभातफेरी गरिएको छ । भुटनदेवी स्कुलचौरबाट निकालिएको प्रभातफेरी बजारका विभिन्न ठाउँ परिक्रमा गरि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर सभामा परिणत भएको थियो ।

कार्यक्रममा बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई, मुख्यमन्त्री डोरमणि पौडेल, विभिन्न मन्त्रालयका मन्त्रीहरु, नेपाली काँग्रेस बागमती प्रदेश संसदिय दलका नेता ईन्द्रबहादुर बानियाँ,सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी कार्यालयका प्रमुख, विद्यार्थीहरु र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*