नेकपा प्रचण्ड–नेपाल समूह केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाने तयारी

छहारी संवाददाता
फाल्गुन ७, २०७७

नेकपा प्रचण्ड–नेपाल समूहले केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाने तयारी गरेको छ ।

बहुमत केन्द्रीय सदस्यहरु आफ्नो पक्षमा रहेकाले नेकपाको आधिकारिकता आफूहरुले नै पाउनुपर्ने बताउँदै आएको सो समूह आज निर्वाचन आयोग जाने तयारी गरेको हो ।

त्यसका लागि केन्द्रीय सदस्यहरुलाई आ–आफ्नो नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा मध्याह्न भेला हुन भनिएको छ ।
पार्टी अभिलेखको कागजपत्र मिलाउन भन्दै आकस्मिक रुपमा केन्द्रीय सदस्यलाई पेरिसडाँडामा बोलाइएको हो।

दुवै पक्षले आधिकारिक नेकपा आफू नै रहेको दाबी गर्दै आएका छन् । तर निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंगो लगाउन सकेको छैन । आयोगले दुवै समूहले गर्दै आएका निर्णय र कार्यक्रमलाई मान्यता नदिने बताइसकेको छ । गत पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेसँगै आन्दोलित बनेको दाहालनेपाल समूहले चौथो चरणको आन्दोलन गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*