लामिछानेको संयोजकत्वमा मकवानपुरमा नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान गठन
नेपाली कांग्रेसको मकवानपुरमा बिहीबार नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान गठन गरिएको छ । नेपाली कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा ११ सदस्यीय प्रतिष्ठान गठन भएको हो।
प्रतिष्ठानमा सहसंयोजक दोर्जे लामा स्याङ्तान, सचिव राजु गौतम, सदस्यहरु मिरा स्याङतान, जानकी लामा, निलम बजगाई देवकोटा, पोष्टराज अधिकारी कुमार, सुजन विडारी, विनोदकुमार चौलागाईं, मोहनप्रसाद ढकाल र मालती बिश्वकर्मा चयन भएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ७७ जिल्लामै उपसभापतिको संयोजकत्वमा प्रशिक्षण प्रतिष्ठान गठन गर्ने निर्णय बमोजिम मकवानपुरमा विहिवार जिल्ला कमिटि गठन गरिएको हो ।