नेपाल पत्रकार महासंघको २६ औं अधिवेसनमा मकवानपुर शाखालाइ सम्मान
नेपाल पत्रकार पत्रकार महासंघले महासंघ मकवानपुर साखालाई आज सम्मान गरेको छ । महासंघको २६ औं अधिवेसनका अवसरमा मकवानपुर साखालाई सम्मान गरेको हो ।
कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईलाई सम्मानपत्र हस्तान्तरण गर्नुभयो । महासंघको बागमती प्रदेश समिति, जिल्ला साखाहरु दोलखा, सिन्धुपाल्चोक, रामेछाप साखालाई पनि सम्मानित गरेको छ ।
महासंघले देशैभरी उत्कृष्ट काम गर्ने पत्रकारलाई पुरस्कृत र राम्रो काम गर्ने जिल्ला साखाहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गर्न र साना लगानीको सञ्चारमाध्यमहरुको उठानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।