मुद्दा जितेसँगै विष्टलाई गापा उपाध्यक्ष पदमा रहेर काम गर्न बाटो खुल्यो

छहारी संवाददाता
फाल्गुन ५, २०७७

उच्च अदालत पाटन हेटौंडाले मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टको राजिनामा खारेज गरेको छ ।

न्यायाधीशद्वय मोहम्मद साबीर हुसेन र चण्डिराज ढकालले परमाधेश उत्प्रेषण मार्फत राजीनामा खारेज गरेको आदेश गरेसँगै उहाँको पद यथावत रहेको हो ।

गत मंसिर २९ गते उपाध्यक्ष विष्टले राजीनामा दिएको भन्दै पुस १७ गते गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले राजीनामा स्वीकृत गरेको घोषणा गर्नु भएको  थियो । तर उपााध्यक्ष  विष्टले भने आफूले राजीनामा नदिएको दाबी गर्दै आउनु भएको थियोे ।

मुद्दा जितेसँगै उपाध्यक्ष विष्टलाई गाउँपालिकाको उपाध्यक्ष पदमा रहेर काम गर्न बाटो खुलेको छ । उहाँले राजीनामा दिएको भन्दै पदमुक्त गरिएपछि विष्टले उच्च अदालतमा मुद्दा हाल्नु भएको थियोे    अनलाइनखवरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*