बागमती प्रदेश सभा बैठक लगातार स्थगित भएपछि प्रचण्ड–नेपाल पक्षका सांसदले बुझए विरोध पत्र
बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अघि सारेको अविश्वासको प्रस्तावमाथि छलफल नगरी बैठक स्थगित गरिएपछि प्रचण्ड–नेपाल पक्षका सांसद्हरूले उपसभामुख राधिका तामाङ्गलाई विरोध पत्र बुझाएका छन् ।
बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजेका लागि तय गरिएको भएपनि बिहानै ६ः३७ बजे सूचना टाँस गरी स्थगन गरेपछि प्रचण्ड–नेपाल समूहका सांसदहरूले आपत्ति जनाउँदै उपसभामुखलाई ज्ञापनपत्र बुझाएका हुन् । यसअघि पनि माघ १९ गते बस्नु पर्ने बैठक फागुन ५ गतेका लागि सारिएको थियो । तर फागुन ५ गते आज पनि बैठक नबसी स्थगित गरिएको हो ।
गत पौष १० गते प्रदेश सभाका सत्तापक्षीय ४५ जनाको हस्ताक्षरसहित बर्तमान मुख्यमन्त्री डोरमणी पौडेलका विरुद्ध अविश्वासको पत्र दर्ता गरिएको थियो । सभामुखको यो कदमले प्रदेशसभाको उपादेयता समाप्त पार्ने षड्यन्त्र भएको एवं संघीयतालाई नै समाप्त पार्ने संघीयताविरोधीहरुको योजनालाई सफल पार्ने कार्य भइरहेको त छैन भन्ने गम्भीर प्रश्न उठेको छ,” नेकपा संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।