चीन युरोपेली सङ्घको सबैभन्दा ठूलो व्यापार साझेदार

छहारी संवाददाता
फाल्गुन ५, २०७७

सन् २०२० मा अमेरिकालाई पछि छोड्दै चीन अब युरोपेली सङ्घ (ईयू) को सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ । कोरोना भाइरसको महामारीका कारण युरोपका प्रमुख साझेदार देशहरुबीच व्यापार घटे पनि चीनसँग भने व्यापार घाटा नभएको हो ।

गएको वर्ष अर्थात् सन् २०२० मा चीन र युरोपेली सङ्घबीचको व्यापार सात सय नौ अर्ब डलर रहँदा यसको तुलनामा युरोपेली सङ्घसँग अमेरिकाको व्यापार सन् २०२० मा ६ सय ७१ अर्ब डलर रह्यो ।

यद्यपि चीनको अर्थव्यवस्था कोरोना महामारीका कारण पहिलो त्रैमासिकमा खराब भएको थियो तर वर्षको अन्त्यरित आर्थिक स्थिति सुधारिँदै जाँदा युरोपेली सङ्घको माग बढ्यो । सन् २०२० मा विश्वका प्रमुख अर्थव्यवस्थामध्ये चीनमा मात्रै आर्थिक वृद्धि देखिएको थियो । यही कारण चीनमा युरोपेली कार र विलासी ९लग्जरी० सामानहरुको माग बढ्यो ।

यसबीच मेडिकल उपकरणहरु र विद्युतीय सामानहरुको पनि माग बढ्दा युरोपमा निर्यात गर्दा चीनलाई फाइदा पनि भयो । युरोपेली सङ्घको तथ्याङ्क कार्याल युरोस्टेटका अनुसार सन् २०२० मा चीन युरोपेली सङ्घको प्रमुख साझेदार थियो । आयात ९५.६ प्रतिशत र निर्यात ९२.२​ प्रतिशत बढ्दा यस्तो नतिजा आएको हो ।

युरोपेली सङ्घको आँकडा जनवरीमा चीनले जारी गरेको आधिकारिक आँकडासँग मिल्दोजुल्दो छ । चीनका अनुसार सन् २०२० मा युरोपेली सङ्घको व्यापारमा ५ दशमलव ३ प्रतिशत वृद्धि भएको छ र यो बढेर ६९६ बिलियन डलर भएको छ । गएको सोमवार जारी गरिएको युरोस्टेटको आँकडाअनुसार चीनसँग युरोपेली सङ्घको व्यापार घाटा पनि १९९ बिलियन डलरबाट बढेर २१९ बिलियन डलर भएको छ ।

यद्यपि अमेरिका र बेलायत अझै पनि युरोपेली सङ्घको निर्यातका सबैभन्दा ठूलो बजार बनेको छ । तर आँकडाअनुसार दुई देशसँग ईयूको व्यापारमा ठूलो गिरावट आएको छ ।

युरोस्टेटका अनुसार अमेरिकासँगको व्यापारमा ठूलो गिरावट आएको छ र यो गिरावट आयात ९/१३।२ प्रतिशत० र निर्यात ९/८।२ प्रतिशत० दुवैमा आएको छ ।

स्टिल र फ्रेन्च कोन्याकका साथै अमेरिकी हार्ले डेभिडसन मोटरसाइकलमा शुल्क लगाइएपछि यस्तो अवस्था आएको हो । सन् २०२० मा युरोपेली सङ्घसँग अमेरिकाको व्यापार ६७१ बिलियन डलर थियो भने त्योभन्दा अघिल्लो वर्ष ७४६ बिलियन डलर थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*