मध्यप्रदेश बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो, ४ जना अझै बेपत्ता

छहारी संवाददाता
फाल्गुन ५, २०७७

भारतको मध्यप्रदेशमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । ४ जना अझै हराइरहेका छन् । मध्यप्रदेशको सिधी जिल्लामा मंगलबार बिहान बस दुर्घटना भएको थियो ।

सिधीबाट सतना जाने क्रममा सरदा गाउँ नजिक २२ फिट गहिरो बाणसागर नहरमा बस खसेको थियो। दुर्घटनास्थलबाट ५१ जनाको शव निकालिएको भारतीय संचारमाध्यमले जनाएका छन् । ७ जना सकुशल फेला परेका छन् । चालक पौडिएर नहरबाट बाहिर निस्किएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बसमा क्षमताभन्दा धेरै यात्रु रहेकाले दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ । ३२ जना क्षमताको सो बसमा चालकसहित ६२ जना सवार थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*