महाधिवेशनको मिति तय गर्न कांग्रेस बैठक बस्दै,

छहारी संवाददाता
फाल्गुन ५, २०७७

१४ औं महाधिवेशनको नयाँ मिति तय गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालयमा दिउँसो बस्ने बैठकमा अनिश्चित बनेको महाधिवेशन र समसामयिक राजनीतिक परिवेशबारे छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

कांग्रेसको महाधिवेशन यहि फागुनमा हुने भनिए पनि कोरोना भाइरसको महामारीका कारण हुन सकेन । क्रियाशील सदस्यताको विषयमा रहेको विवाद अझै टुंगिन नसक्दा कांग्रेसमा महाधिवेशनको तयारी नै हुन सकेको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आउँदो जेठमा महाधिवेशन गर्नु पर्ने बताउँदै आएको छ ।

तर सभापति देउवाले भने भदौमा महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको छ । कांग्रेसको विधान अनुसार देउवाको चार वर्षे कार्यकाल गएको फागुनमै सकिएको हो । तर कांग्रेस विधान अनुसार एक वर्ष कार्यकाल थप गर्न पाउने अधिकारको प्रयोग गरेर देउवाले थप गरेको अवधि पनि यहि फागुन १९ मा सकिँदै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*