मुलुकको स्वाधीनता जोगाउन राजासहितको प्रजातन्त्र आवश्यक : थापा
राप्रपा अध्यक्ष कमल थापाले राजासहितको प्रजातन्त्र आवश्यक रहेको बताउन भएको छ । हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै थापाले मुलुकको स्वाधीनता जोगाउन राजासहितको प्रजातन्त्र आवश्यक रहेकोमा थापाले जोड दिनुभयो ।
थापाले नेपाली समाज सनातन मूल्य, मान्यता, धर्म र संस्कृतिको जगमा खडा भएको बताउनुभयो । कोही कसैसँग डराउन नपरेपछि भ्रष्टाचार, व्यभिचार र मनपरीतन्त्र बढेको भन्दै थापाले भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन र सर्वसत्तावाद अहिलेको प्रमुख समस्या भएको समेत उल्लेख गर्नुभयो ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन निर्णय सदर गरे चुनावको तयारीमा लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । संगठन सुदृढीकरण, जनसंघर्ष र महाधिवेशनको तयारीलाई सशक्त ढंगबाट सञ्चालन गर्नुपर्नेमा जोडदिनुभयो ।