संसद विघटनको विरोधमा कांग्रेस मकवानपुरद्धारा हेटौंडामा विरोध सभा(तस्विरहरु)
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा नेपाली कांग्रेस मकवानपुरले सोमबार हेटौंडामा विरोध सभा गरेको छ ।
जिल्ला सभापति इन्द्रबहादुर बानियाँले नेतृत्व गर्नु भएकोृ विरोध र्याली पार्टी कार्यालयबाट उद्योग वाणिज्य संघ चोकमा पुगेर सभामा परिणत भएको थियो ।
आज जिल्ला कार्यसमितिको आयोजनामा देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन तथा सभा आयोजना गरिएको छ ।
यसअघि आइतबार गरिएको पत्रकार सम्मेलनमा सभापति बानियाँले सरकारले संविधान माथि कुठाराघात गरेको आरोप लगाउँदै तत्काल संसद पुर्नस्थापना हुनुपर्ने माग गर्नुभयो । उहाँले कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले अदालतले विघटनलाई मान्यता दिए त्यसलाई आत्मसाथ गरी निर्वाचनमा जाने बताउनुभएको छ ।