हेटौंडा उपमहानगरले टिसीएनमा टोनि हेगन पार्क निर्माण गर्दै

दक्षिण एशियाकै पहिलो मानव निर्मित सुरुङका डिजाईनर बिग्रेडिएर जनरल डिल्लिजंग थापाको अर्धकदको प्रतिमूर्ती स्थापनाको कार्य अन्तिम तयारी ।
छहारी संवाददाता
फाल्गुन ३, २०७७

हेटौंडा उपमहानगरपालिले वडा नम्बर १० टिसीएनमा टोनि हेगन पार्क निर्माण गर्ने भएको छ । बृद्ध बृद्धाहरुलाई समय बिताउन सहज होस भन्ने उदेस्यले टोनि हेगन पार्क निर्माण गर्न लागिएको मेयर हरिबहादुर महतले बताउनुभयो ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा २५ लाख रुपैयाँ बजेट छुट्याएर पार्क निर्माणको काम सुरु गर्न लागेको मेयर महतले बताउनुभयो । साथै पार्कका लागि बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १० लाख रुपैयाँ बजेट उपलब्ध गराउने भएको छ । गत आर्थिक वर्षबाटै पार्क वरीपरि कम्पाउन्ड निर्माणको काम थालिएको छ ।

यस्तै उपमहानगरपालिकाले दक्षिण एशियाकै पहिलो मानव निर्मित सुरुङको संरक्षण र सम्बर्दन गर्ने कार्यलाई निरन्तरता दिदै सुरुङ परिसरमा सुरुङका डिजाईनर बिग्रेडिएर जनरल डिल्लिजंग थापाको अर्धकदको प्रतिमूर्ती स्थापनाका लागि कार्यालयमा प्रतिमूर्ति प्राप्त भैसकेकोले तत्काल स्थापनाको कार्य सम्पन्न गरिने तयारी गरेको मेयर महतले बताउनुभयो ।

यसैगरी चालु आर्थिक वर्षकोे यस अवधिमा कानून मस्यौदा समितिले सिफारिस गरेको ऐन १ वटा, कार्यविधि ५ वटा, निर्देशिका १ वटा र संशोधित कार्यविधि तथा निर्देशिका ३ वटा गरी जम्मा १० वटा कानुनहरु स्वीकृत भई कार्यान्वयनमा रहेको छन् ।

उपमहानगरपालिकाले उपभोग्य खाद्यबस्तुको गुणस्तर तथा मिसावटको अवस्था परीक्षण गरी नियमन गर्न उपमहानगरपालिका कार्यालय हाताभित्र खाद्य परीक्षण प्रयोगशाला सञ्चालनमा आएकोमा चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा विभिन्न १६ वटा नमूना परीक्षण गरिएको उहाँले वताउनुभयो ।

यस अवधिमा दूध, पिउने पानी, आइसक्रिम जस्ता खाद्य बस्तुको नमूना परीक्षण गरिएको छ । कार्यालयको संयोजनमा अन्य निकायसमेतको सहभागितामा ३ पटक बजार अनुगमन गरी आवश्यक कारबाही गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*